काठमाडौँ, २२ असार । भारतबाट प्रसारित जी टिभीको ‘डान्स इन्डीया डान्स’ कार्यक्रमको यसवर्षकी विजेता बुटवलकी तेरिया फौजा मगरलाई राजधानीमा सम्मान गरिएको छ ।
पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले युनिक कम्युनिकेसनद्धारा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गर्दै मगरले प्राप्त गरेको सफलताले अन्तर्राष्ट्रिय समुदायमा नेपाली चेलीले नेपालको प्रतिष्ठा तथा गौरव बढाएको बताउनुभयो ।
सम्मानित मगरले आफ्नो मेहेनत र सम्पूर्ण नेपालीको शुभेच्छाका कारण सो सफलता कायम भएको र त्यो खुसीलाई सबै नेपालीकाबीचमा साट्न पाएकामा रमाइलो लागेको बताउनुभयो ।
लुम्बिनी–काठमाडौँ अभियानका महासचिव अर्जुन पोखरेलले आगामी दिनमा मगरको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै उहाँको परिश्रम तथा मेहनत सबैका लागि प्रेरणाको स्रोत बन्न सक्ने विचार व्यक्त गर्नुभयो ।
युनिक कम्युनिकेसनका सञ्चालक राहुल पाण्डेले सो प्रतिस्पर्धामा आफ्नो संस्थाले अभियान सञ्चालन गरी मगरलाई एकलाख ६० हजार मत सङ्कलन गरेको जानकारी दिँदै अहिले उहाँलाई सम्मान गर्न पाउदा गौरवको अनुभूति भएको बताउनुभयो ।














प्रतिक्रिया