बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

केन्याको तटीय क्षेत्रमा आक्रमण अठारको मृत्यु

दैनिक नेपाल २०७१ असार २२ गते १७:३१

knaya-1

नाइरोबी (केन्या), २२ असार । केन्याको लामु र तरा रिभर तटीय क्षेत्रमा भएको आक्रमणहरुमा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको समाचार छ ।

सोही क्षेत्रमा गत महिनामा भएको भिषण आक्रमणमा ६० व्यक्तिको मृत्यु भएको केन्याली रेडक्रसले आइतबार जानकारी दिएको छ ।

सोमालियाको साबाव आतङ्ककारी समूहका प्रवक्ताले अल–कायदासँग आवद्ध आतङ्ककारी समूहले गत महिना आक्रमण भएकै क्षेत्रमा अर्को आक्रमण गरेका दाबी गरेका छन् ।

केन्याली रेडक्रसका अनुसार आइतबार राती तारा रिभरको गम्बा इलाकामा भएको आक्रमणमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक बेपक्ता भएका छन् ।

त्यसैगरी लामु प्रान्तको हिन्डी सहरमा नौ व्यक्तिको मृत्यु भएको केन्या रेडक्रसका प्रमुख अब्बास गुलेटले जनाउनु भएको छ ।

लामु प्रान्तका प्रान्तीय प्रमुखले हिन्डी सहरको मलामान्डी गाउँमा करिब १५ जनाको समूहमा आएका बन्दुकधारीले स्थानीय बासिन्दाको घरमा गोलीप्रहार गर्न सुरु गरेको बताउनुभएको छ ।

केन्यामा सन् २०११ को अक्टोबरबाट त्यहाँका सैनिकले अल साबाव आतङ्ककारी समूहलाई कारबाही गर्न सुरुगरेपछि बन्दुक र विस्फोटक पदार्थको आक्रमणमा वृद्धि भएको जनाइएको छ ।

गत महिना केन्याको तटीय सहर म्पेकेटोनी र केही दिन पछाडि नजिकैको गाउँमा भएको आक्रमणको पनि अल साबाव समूहले जिम्मेवारी लिएका छन् । रासस/एपी /एएफपी

प्रतिक्रिया
सम्बन्धित