नयाँ दिल्ली , २२ असार । दक्षिणी भारतीय राज्य तामिल नाडुमा आइतबार बिहान एक गोदामघर भत्किँदा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ ।
एक बालक र चार महिलासहित एघारको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
यसै राज्यमा एक भवन भत्किँदा ६१ व्यक्तिको मृत्यु भएको एक हप्ता पछाडी पुनः अर्को घटना भएको बताइएको छ ।
तामिल नाडु राज्यको टिरुभाल्लुर जिल्लामा अवस्थित यस गोदामघरबाट एक व्यक्तिलाई उद्धार गरिएको र अन्य कयौँ फसेका अनुमान गरिएको छ ।
तामिल नाडुका अग्नी नियन्त्रक समूहद्वारा उद्धार कार्य जारी राखेको बताइएको छ । बीस फिटको अग्लो सो गोदाम घर लगातार जारी रहेको वर्षापछि भत्किँएको बताइएको छ ।
भारतमा भवन भत्किँने घटना बारम्बार हुने गरेको पाइन्छ । कम गुणस्तरको निर्माण सामाग्रीको प्रयोग नै यस्तो घटना हुनमा जिम्मेवार रहेको बताइन्छ । एएफपी













प्रतिक्रिया