२८ आश्विन २०८३, बुधबार

माया खोला जलविद्युत् आयोजना र द्वारी खोलाले उत्पादन अनुमति पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadarbar6

काठमाडौँ, १९ असार । सरकारले थप दुई जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ ।

ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले पछिल्लोपटक माया खोला जलविद्युत् आयोजना र द्वारी खोला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको हो ।

ती आयोजनालाई केही दिन पहिलेमात्रै उत्पादन अनुमति दिइएको हो । सङ्खुवासभा जिल्लामा आयोजना स्थल रहेको माया खोलाको कुल क्षमता १५ मेगावाट रहेको छ ।

माया खोला जलविद्युत् आयोजनालाई आगामी एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिइएको छ । आगामी चार वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको सो आयोजनाको लागत करिब रु तीन अर्ब रहने छ ।

यस्तै, चार मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना भूगोल इनर्जी विकास कम्पनीले निर्माण गर्न लागेको हो ।

आगामी एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी निर्माण प्रक्रिया सुरु गर्न सो आयोजनाको प्रवद्र्धकलाई विभागले निर्देशन दिएको विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जानकारी दिनुभयो ।

सो आयोजनाको आयोजना स्थल डोटी जिल्लामा रहेको छ भने यसको लागत करिब रु ८० करोड रहेको छ । विभागले हालसम्म कुल ९४ वटा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरिसकेको छ ।

अनुमति दिइएका आयोजनाबाट दुई हजार ४४० मेगावाट विद्युत् उत्पादन हुनेछ ।