२८ आश्विन २०८३, बुधबार

राजेशको ‘शुरुवात’ बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suruwat

काठमाडौँ, १७ असार । गायक राजेश राईको नयाँ एकल गिती सँगालो ‘शुरुवात’ सार्वजनिक भएको छ । हालै सार्वजनिक भएको एल्वम शुरुवात मा समेटिएका सबै गीतमा उनी आफैले स्वर दिएका हुन् ।

एल्वममा समेटिएका ५ गितमा विनय केटु, विनोद खम्वु, सुनिल बर्देवा र गायक आफैंले संगीत भरेका छन् । एल्वममा आधुनिक, पप, लोक–पप, रक गरी सबै विधाका गित समेटिएको छ । मन्जुश्री खराल, राजकुमार लामिछाने, सुनिल बर्देवा, जेजी राई र गायक आफैंले शब्द रचना गरेका हुन् । एल्वमको शिर्ष गित ‘तीन पानेको झोल’ को भने भिडियो सार्वजनिक भएको छ ।

यसअघि केहि गितहरुमा स्वर दिईसकेका गायक राईले यसपटक आफैं एकल एल्वम सार्वजनिक गरेका हुन् । उक्त एल्वमलाई ‘एसियन म्युजिक प्रालि’ ले बजारमा ल्याएको हो ।