२८ आश्विन २०८३, बुधबार

पूर्व राष्ट्रपति सार्काेजीलाई भ्रष्टाचारको आरोपमा बयान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????????????????????????????????????????????????????????????????????????????????

पेरिस, १७ असार । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्काेजीलाई भ्रष्टाचारको आरोपमा बयान लिइने भएको बताइएको छ । सो कुराको जानकारी फ्रान्सको न्यायिक स्रोतले मङ्गलबार दिएको छ । उहाँलाई सो बयानका लागि अनुसन्धानको दायरामा ल्याइएको हो ।

उहाँका विरुद्धमा सुरु भएको यस बयानलाई फ्रान्सको इतिहासमा एक आकस्मिक एवम् अस्वभाविक घटनाका रुपमा लिइएको छ । उहाँलाई यस बयानका लागि नियन्त्रणमा पनि लिन सकिने छ– फ्रान्सको न्यायिक स्रोतले बताएको छ । सो स्रोतका अनुसार उहाँलाई बयानका लागि करिब २४ घन्टासम्म पनि नियन्त्रणमा राख्न सकिने छ ।

मङ्गलबार सुरु भएको सो बयान सकिएन भने अर्काे दिनका लागि पनि लिन सकिने पनि सो समाचार स्रोतले जनाएको छ । उहाँमाथि भ्रष्टाचारको आरोप लागेपछि त्यसको बयानको मोडालिटीका बारेमा त्यहाँको न्यायिक स्रोतले छलफल गरिरहेका थियो ।

पूर्व राष्ट्रपतिका लागि लिइने बयानको मोडालिटी पास भएपछि सार्काेजीलाई मङ्गलबार नै बयानको लागि पत्र काटिएको हो । यस बारेमा थप जानकारी भने केही दिइएको छैन । न्यायिक स्रोतले उहाँको बयान सुरु भएको समाचार फ्रान्सेली समाचार समिति, एएफपीले दिएको छ । रासस/एएफपी