२८ आश्विन २०८३, बुधबार

जापानमा शक्तिशाली भूकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JapanDivisons

टोकियो, १५ असार । जापानको इवो जीमा द्वीपमा आइतबार भूकम्प गएको समाचार छ । उक्त भूकम्प ६.२ रेक्टर स्केल मापन गरिएको जनाइएको छ ।

उक्त भूकम्प स्थानीय समयानुसार आइतबार अपरान्ह्रमा २.५८ बजे आएको बताइएको छ । सो भूकम्पको कारण हालसम्म सुनामीको चेतावनी भने नदिइएको जापानी मौसम विज्ञान केन्द्रले जानकारी दिएको छ ।

यस भूकम्पको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ । जापानमा भूकम्पको प्रकोपले बारम्बार सताउने गर्दछ ।

सन् २०११ को मार्च महिनामा जापानमा आएको ९.० रेक्टर स्केलको भूकम्पपछि आएको सुनामीको कारण करिब १९ हजार व्यक्तिको मृत्यु भएको र केही व्यक्ति बेपत्ता अवस्थामा रहेका छन् । रासस÷सिन्ह्वा