काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रका कलाकारहरुको विवाहको लगन जुर्ने क्रम बढ्दै गएको छ ।
केहि महिना अगाडि मात्र नायक आर्यन सिग्देल, नायिका रेजिना उप्रेती, मोडल अन्जु निरौला,महानायक राजेश हमाल जस्ता नेपाली चलचित्रका चर्चित कलाकारहरुको विवाह भइसकेको छ ।
यही क्रममा कहाँ भेटिएला चलचित्र पछि निकै रुचाइएका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको विवाहको मिति पनि जुरिसकेको छ । यहि महिनाको अर्थात असार महिनाको २३ गते सोमबार दशमीको दिन उनीहरुको विवाह हुने भएको हो ।
नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले असार २३ गते आफूहरु विवाह बन्धनमा बाँधिन लागेको सार्वजनिक गरे ।
श्रावण २३ गतेका दिन उनीहरुद्धारा अभिनित चलचित्र कोहिनुर देशभर प्रदर्शनमा आउन लागेको छ । कहाँ भेटिएला चलचित्रपछि चलचित्रसँगै व्यापार व्यवसायमा समेत सँगसँगै सहयात्रा गरेका उनीहरु अब भने विवाहको अन्तिम तयारीमा छन् । असार २३ गते विवाहको दिन नै रिसेप्सन पार्टी दिइने पनि बताइएको छ ।














प्रतिक्रिया