विराटनगर, १० असार । चौध वर्ष अघि एमाओवादी द्वन्द्वका कारण मोरङ सिजुवामा विस्थापित राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनः सञ्चालनमा आउने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय रानी विराटनगरका प्रमुख गोपाल पौड्यालले सो क्षेत्रमा रहेको एकमात्र वाणिज्य बैंक पुनःस्थापना भई भोलिदेखि बैंकिङ कार्य सञ्चालनमा आउने जानकारी दिनुभयो ।
बैंक पुनःस्थापनाका लागि सबै प्रक्रिया पूरा भएको र भोलि बिहान बैंक सञ्चालक समितिका अध्यक्ष नरहरि ढकालबाट कार्यालय उद्घाटन गरिने भएको छ ।
पूर्वी मोरङका सबै गाउँ विकास समितिका बासिन्दालाई वित्तीय सेवा पु¥याउँदै आएको उक्त बैंक पुनःस्थापना हुने भएपछि आफूहरू उत्साहित भएको सिजुवाका रामखेलावन मण्डलले बताउनुभयो ।
माओवादी द्वन्द्वका कारण २०५७ सालमा सो गाविसबाट वाणिज्य बैंक, विद्युत् प्राधिकारण तथा गाविसको कार्यालय अन्यत्र सारिएको थियो । अब विद्युत् प्राधिकरणको कार्यालय मात्र पुनःस्थापना हुन बाँकी छ ।














प्रतिक्रिया