२८ आश्विन २०८३, बुधबार

इराकी जिहादीद्वारा थप सहर कब्जा, हिंसा फैलिनसक्ने राष्ट्रपति ओबामाको चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बग्दाद, ९ असार । Barak Obamaइराकी सुन्नी मुस्लिम उग्रवादीहरुले इराकको दोस्रो ठूलो सहर मोसुल र त्यसपछि टिक्रिट सहरलाई आफ्नो नियन्त्रणमा लिएपछि सुरु भएको हिंसा इराकका थप सहरमा पनि फैलाएको समाचार छ ।

उनीहरुले आइतबार मात्र पनि इराकका थप दुई वटा सहर कब्जामा लिएको समाचार छ । राजधानी बग्दादमै उनीहरुले कब्जा गर्नसक्ने अनुमानहरु जारी नै रहँदा उनीहरुले इराकी सहरहरु कब्जामा लिनेक्रमलाई निरन्तरता दिएका छन् ।

प्राप्त पछिल्लो समाचार अनुसार इराकी जिहादी समूहले पश्चिमी इराकमा आफ्नो प्रभाव फैलाउन थालेका छन् । उनीहरुले पश्चिमी इराकका रावा र आना गरी दुईवटा सहरलाई कब्जामा लिएको बताइएको छ ।

ती सहरमा उनीहरुले हिंसा पनि मच्चाएका छन् । उनीहरुले ती सहरका कम्तीमा पनि २१ जना स्थानीय नेतालाई नियन्त्रणमा लिई हत्या गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इराकका सुन्नी मुस्लिमहरुले शनिबार मात्र सिरियासँगको सीमाक्षेत्र नियन्त्रणमा लिएका छन् । पछिल्ला दुई महिनादेखि इराकमा जारी रहेको हिंसाकै क्रममा शनिबार इराकी सुन्नी मुस्लिमले सो सहर कब्जामा लिएका बताइएको छ ।

शनिबार प्राप्त समाचारअनुसार इराकको सिरियासँगको अल क्वाइम सीमा कब्जामा लिएका हुन् । उनीहरुले सो क्षेत्रमा रहेका सिरियाली विद्रोहीलाई लखेटेर सो क्षेत्रलाई कब्जामा लिएको बताइएको छ ।
बन्दुकधारीहरुले अल क्वामी सहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिएका बताइएको छ । उनीहरुले शनिबार बिहानीपख सो सीमा सहर कब्जामा लिएका हुन् । त्यसपछि सो सीमा भएर सर्वसाधारण नागरिकले ओहोरदोहोर गर्न पाएका छैनन् ।

कयौँ बन्दुकधारीहरुले हालैका दिनमा इराकका विभिन्न सहर कब्जामा लिएका छन् । सोही क्रममा उनीहरुले शुक्रबार रातिदेखि सहरमा हमला गरेका थिए ।

इारकी सुन्नी मुस्लिमहरुको यो हिंसाका कारण इराकबाट विभिन्न पश्चिमा मुलुकहरुले आफ्ना मिसनहरु पनि खाली गर्न सुरु गरेका बताइएको छ । राजधानी बग्दादमा रहेका पश्चिमा देशहरुका राजदूतावासहरुले इराकी राजधानी छोड्न थालेका बताइएको छ ।

उनीहरुले गतहप्तायतादेखि इराकका कम्तीमा पनि पाँचवटा ठूला र रणनैतिक हिसाबले महत्वपूर्ण मानिने सहर कब्जामा लिएका छन् । उनीहरुले अल क्वामी सीमा सहर नियन्त्रणमा लिएर सिरियासँगको सम्बन्धलाई पनि नयाँ हिसाबले प्रभावित पार्न खोजेका छन् ।

उनीहरुले विभिन्न सहरमा धावा बोलेपछि त्यहाँका सरकारी सुरक्षाकर्मीहरुले भने सजिलैसँग ती सहर छोड्ने गरेको पाइएको छ । खासै भिडन्त नै नगरी उनीहरुले सहरहरु कब्जा गरिरहँदा सरकारलाई भने अप्ठेरो पर्न थालेको समाचार स्रोतहरुले बताएका छन् ।

यसैबीच यसरी इराकका विभिन्न सहर उनीहरुले कब्जा गरिरहँदा यसको असर अन्यत्र पनि पर्नसक्ने र अरु सहरमा मात्र नभएर क्षेत्रीय रुपमा नै यसले असर पार्नसक्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाले चेतावानी दिनुभएको छ ।

उहाँले भन्नुभयो– हालैका दिनमा इराकमा फैलिएको हिंसाले इराकमा मात्र नभएर क्षेत्रीय रुपमा नै असर गर्नसक्ने चेतावानी पनि दिनुभयो ।

सुन्नीहरुको यस हिंसाले अन्य राष्ट्रहरुका साथै क्षेत्रीय रुपमा पनि अस्थिरता छाउनसक्ने उहाँको चिन्ता थियो । आइतबारको एक अन्तरवार्तामा उहाँले सो धारणा राख्नुभएको हो । रासस/एएफपी