२८ आश्विन २०८३, बुधबार

एनआईसी एसियाका एकैचोटी १४ शाखा कार्यालय सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NIC Asia(3)

काठमाडौँ, ८ असार । एनआईसी एसिया बैंकले एकैचोटी १४ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। उक्त बैंकले आइतबारबाट एकैचोटी काठमाण्डौं उपत्यका र मोफसलमा गरेर ती शाखा १४ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले दिएको जानकारी अनुसार चार वटा उपत्यकाभित्र र मोफसलमा १० वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंक अफ एसिया गाभिएपछि बैंकका १४ वटा शाखा कार्यालयहरु बन्द थिए । ती शाखाहरुलाई बैंकले पुनः संचालनमा ल्याएको हो । १४ वटा शाखा पुनः सञ्चालनमा ल्याएपछि बैंकले अर्को एक बर्ष शाखा विस्तार नगर्ने बताएको छ ।
बैंकले काठमाडौं उपत्यकभित्र बालाजु, कपन, गोल्फुटार र लाजिम्पाटमा शाखा खोलेको छ भने मोफसलमा विराटचोक, दमौली, कोहलपुर, कलैया, मिर्चैया, चन्द्रगढी, हेटौंडा, वालिङ, भैरहवा, तुलसीपुर र कोहलपुरमा शाखा खोलेको हो। ना गरेको हो। १४ शाखा थपिएपछि बैंकका कुल शाखा संख्या ६६, एटिएम ६१ पुगेका छन्।