२८ आश्विन २०८३, बुधबार

सुन एकै दिन तोलामा एक हजार सयले बढ्यो, अझै बढ्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौ, ६ असार । सुनको मूल्य शुक्रवार एकै दिन एक हजार चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी महासंघ दिएको जानकारी अनुसार शुक्रवार सुन तोलाको ५४ हजार रुपैयाँमा कारोबार भयो । बिहीवार भने प्रतितोला सुनको मूल्य ५२ हजार छ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेर आठ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

इराकमा बढेको हिंसाले बहुमूल्य धातु सुनको संकलनमा प्रभाव पर्ने र त्यसको असर सुनमा पर्ने भएकाले सुनको मूल्य अझ बढ्न सक्ने अनुमानहरु गरिएको छ ।