२८ आश्विन २०८३, बुधबार

तितो सत्यमा धुमुर्सको केपी ओली रुप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dipa-shree-dhurmush-dipak-raj

काठमाडौं । नेपाली राजनीतिमा अहिले आउन लागेको नेकपा एमालेको महाधिवेशनको चर्चाले राम्रो स्थान पाईरहेको छ। पार्टीको अध्यक्ष बन्न वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली कम्मर कसेर लाग्दै एकापसमा कटाक्ष प्रहार गरिरहँदा नेपाल टेलिभिजनको चर्चित हाँस्य टेलिश्रृङ्खला ‘तितो सत्य’मा बिहिबार साँझ यिनै दुईजना दर्शकमाझ देखिँदैन्।

तर तपाईहरु नझुक्किनु होला, टेलिभिजनमा देखिने दुई नेता वास्तविक भने हुने छैनन्। टेलिश्रृङ्खलामा माधवकुमार नेपालका रुपमा कमल सेढाई र केपी ओलीको भूमिकामा सिताराम कट्टेल ‘धुमुर्स’ प्रस्तुत हुँदैछन्।

करिब नौ वर्ष अघि यसै टेलिश्रृङ्खलामार्फत टेलिभिजन कलाकारितामा प्रवेश गरेका धुमुर्स अहिले पुनः पुरानै स्थानमा केही समयका लागि फर्कदैछन्। विज्ञापन कम्पनी मिडिया हबसँग पैसाको लेनदेन नमिलेपछि केही समययता ‘मेरी बास्सै’का नयाँ अंकहरु छायांकन नभईरहँदा उक्त अर्को चर्चित श्रृङखलाका निर्देशक ‘तितो सत्य’तिर लागेका हुन्।

श्रृङ्खलाका निर्देशक दीपकराज गिरीले धुमुर्सलाई अतिथिको रुपमा मात्र प्रस्तुत गरिएको बताए। ‘बिहिबारको भागको लागि मात्र उहाँले काम गर्नुभएको हो, अन्य समयमा कथाले माग्यो भने आउनुहुन्छ।’ दीपकले भने। सितारामले पनि आफु ‘तितो सत्य’मा अभिनय गर्दा पाउँदा खुशी लागेको बताए।

(glamournepal)