काठमाडौ, ६ असार ।
नेकपा एमाले संसदीय दलका नेता एवम् आगामी नवौँ महाधिवेशनका अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले नेता ओलीले अर्का अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाललाई पुस्तान्तरणको प्रस्ताव ल्याउन चुनौती दिनुभएको छ ।
ओलीले राजधानीको नयाँ बानेश्वरस्थित अल्फाविटा हाउसमा पत्रकार सम्मेलन गरी यस्तो चुनौति दिनुभएको हो ।
उहाँले पत्रकार सम्मेलनमा पुस्ता हस्तान्तरण गरे आफू छाड्न तयार रहेको भन्ने वरिष्ठ नेता नेपालको प्रस्तावलाई धुर्त कुरा भएको समेत आरोप लगाउनु भयो । नेतृत्व हस्तान्तरण भनेको क्याम्पसमा स्ववियु सभापति खोजे जस्तो नहुने ओलीको तर्क थियो । ‘नेतृत्व हस्तान्तरण भनेको साठी वर्षका नेताले पचास वर्षकालाई, पचासले चालिसलाई गर्दै क्याम्पसमा स्ववियु सभापति खोजे जस्तो होइन’ उहाँले भन्नुभयो, ‘पुस्तान्तर अघि अनुभव, योगदान, पहिचानको आधारमा नेतृत्व बन्दै जाने हो ।’
पार्टीमा लामो समय नेतृत्व ओगटेर बसेकाहरुले पार्टीलाई समस्या बनाएको भन्दै ओलीले नेपालप्रति लक्षित गर्दै भन्नुभयो– ‘पार्टीमा ओगटेर बस्ने नेतृत्वले नयाँपन दिन नसकेको र नयाँ नेतृत्वका लागि उत्तराधिकारी आउन पनि नदिएकाले समस्या भएको छ ।’
यो पनि पढ्नुस्:















प्रतिक्रिया