२९ आश्विन २०८३, बिहिबार

लक्ष्मी सनराइज क्यापिटलको १६ औं वार्षिक साधारणसभा सम्पन्न, ११ प्रतिशत नगद लाभांश पारित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।

वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यस्तै, सभाले आ.व. २०८३/०८४ को लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धमा हाल कायम रहेको लेखा परीक्षक एनबिएसएम एण्ड एशोसिएट्सलाई नै निरन्तरता दिने निर्णय गरेको छ । साथै, सभाले आषाढ मसान्त २०८३ को वासलात बमोजिम प्रतिशेयर आम्दानी १२.६६ रहेकोमा वितरण योग्य आम्दानी १२.८६७ प्रतिशतमध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् ५.३८ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपालको पुँजी बजारको इतिहासमा प्रथमपटक शेयर निष्काशनसम्बन्धी मर्चेण्ट बैंकिङ तथा सामूहिक लगानी कोषसम्बन्धी कार्यको सुरुवात गरी तीन दशकभन्दा अधिक समयदेखि कम्पनीले नेपालको धितोपत्र बजारको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

कम्पनीले करिब ६ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड गरी करिब ७ अर्ब बराबरको म्युचुअल फण्ड सफलतापुर्वक सञ्चालन गर्दै आएको छ । साथै, विशिष्टीकृत लगानी कोषअन्तर्गत १ अर्ब पुँजी भएको लक्ष्मी सस्टनेवल इनर्जी फण्डले निर्धारित लक्ष्य अनुरुप पूँजी संकलन गरी दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्दै आइरहेको कम्पनीले जनाएको छ ।