काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले चाडपर्वको अवसरलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस अफरमार्फत ग्राहकहरूले दशैं तथा तिहारको अवसरमा जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साटफेर (एक्सचेन्ज) गर्न वा नयाँ खरिद गर्न सक्नेछन् । यसअन्तर्गत ग्राहकहरूले ५० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
नेपालभर फैलिएको सिप्रदी एक्साइडको आधिकारिक बिक्री केन्द्र तथा रिटेलरहरूमार्फत ग्राहकहरूले यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस योजनालाई थप आकर्षक बनाउन कम्पनीले क्यासब्याक र निःशुल्क सर्भिसिङको व्यवस्था पनि गरेको छ । योजना अवधिभर हरेक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकहरूलाई ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर प्रदान गरिनेछ । यसका साथै, ग्राहकहरूले १ पटक निःशुल्क ब्याट्री चेक–अप तथा सर्भिसिङ सुविधा समेत प्राप्त गर्नेछन् ।
यस महा–एक्सचेन्ज योजनामा सहभागिता जनाउनका लागि ग्राहकले नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरहरूबाट एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि सिप्रदी स्टार एपमार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ । वारेन्टी दर्ता गरेसँगै उनीहरू क्यासब्याक लक्की–ड्र मा स्वतः सहभागी हुनेछन् । यस योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको टोल फ्री नम्बरहरू १६६००१५५७७७ र ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया