२८ आश्विन २०८३, बुधबार

सिभिल र सिद्धार्थ बैंकबीच रेमिटेन्स सेवा उपलब्ध गराउन सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sevilकाठमाडौँ, ५ असार । सिभिल बैंक र सिद्धार्थ बैंकबीच आफ्ना ग्राहकहरुलाई आपसमा रेमिटेन्स सेवा उपलब्ध गराउन सम्झौता भएको छ । रेमिटेन्स सेवालाई सहज र सुलभ बनाउने उद्देश्यले रेमिटेन्स सम्झौता गरिएको दुबै बैकले बताएका छन् । सिभिल बैंकको ‘सिभिल बैंक रेमिट’ र सिद्धार्थ बैंक लिमिटेडको ‘एसबिएल रेमिट’ बिच सम्झौता भएको हो ।

सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र सिद्घार्थ बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले हस्ताक्षर गरे ।

सम्झौतापछि दुबै बैंकका रेमिटेन्स सेवाग्राहीले अब सिभिल बैंकको ४० शाखा तथा सिद्धार्थ बैंकको ४६ शाखामार्फत आफ्नो रकम भुक्तानी लिन पाउने छन् ।