विराटनगर, ५ असार । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा. रामशरण महतले प्रधामन्त्री सुशील कोइरालाकै अनुपस्थितिमा सरकारको नीति तथा कार्यक्रम ल्याउने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताउनु भएको हो । ‘बजेट ल्याउन ढिला भएकाले नीति तथा कार्यक्रम संसदमा पेश गर्न र पारित गर्न प्रधानमन्त्रीलाई कुर्ने संभावना छैन,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री कोइराला स्वास्थय परीक्षणका क्रममा हाल अमेरिकामा हरेको भन्दै उहाँले प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्रीपरिषदवाट नीति तथा कार्यक्रम पारित गराउने र वजेट चाडै ल्याउने तयारी भईरहेको बताउनु भयो । ‘कार्यबाहक प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बस्छ र त्यसले आवश्यक निर्णय गर्छ,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया