२८ आश्विन २०८३, बुधबार

गोरखामा बुढीगंगा जलविद्युत आयोजना बनाउन साउदीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BIJULI_electricity

काठमाडौँ, ४ असार । बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि दुई अर्ब ८५ करोड ९० लाख रुपैंया सहुलियत दरमा ऋण सहयोग गर्न साउदी विकास कोष सहमत भएको छ ।

अर्थमन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थसचिव युवराज भुसाल र साउदी कोषका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक इन्जिनियर युसुफ बिन इब्राहिम अलबास्सामले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त आयोजनाको सम्पन्न भएपछि त्यस क्षेत्रका जनताले रोजगारीका अवसर प्राप्त गर्नुका साथै आर्थिक गतिविधि वृद्धि हुने विश्वास लिइएको छ । कार्यक्रममा अर्थसचिव भुसालले प्राप्त सहयोगले नेपालको ऊर्जा सङ्कटलाई न्यून गर्न सहयोग पुग्ने बताउनुभयो ।

ऊर्जा मन्त्रालयअन्तर्गतको करिब ३० मिलियन अमेरिकी डलरको लागतमा निर्माण उक्त आयोजना सन् २०१९ मा सम्पन्न हुनेछ । अछाम जिल्लामा रहेको उक्त आयोजनाको क्षमता २० मेगावाट हो । साउदी विकास कोषले ३० मिलियन, कुवेती कोषले १८ मिलियन र बाँकी १२ मिलियन अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने छ ।