२८ आश्विन २०८३, बुधबार

के–केमा लगानी गर्न चाहन्छन् जर्मनी लगानीकर्ता नेपालमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahat– ramsaranकाठमाडौँ, ४ असार । अर्थमन्त्री डा. रामशरण महतले जर्मनीले नेपाललाई विगतमा गरेकोे सहयोगको प्रशंसा गर्दै आगामी दिन सहयोगलाई बढाउन आग्रह गर्नुभएको छ ।

जर्मन राजदूत फ्रेन्क मेकसँग आज अर्थमन्त्रालयमा भएको भेटवार्तामा उहाँले जर्मनी नेपालको शान्ति प्रक्रियालाई सम्पन्न गरी संविधान निर्माण र आर्थिक विकासमा केन्द्रित भएको र नेपाल सरकार पनि एक वर्षभित्र संविधान जारी गर्ने गरी अगाडि बढिरहेको बताउनुभयो ।

‘दुई तिहाइ बहुमतको सरकार बनेको, नयाँ सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गरी लगानी आकर्षित गरिरहेको, लगानीमैत्री कानूनी संरचना तयार गर्न विधेयक संसदमा पेस गरिसकेकाले अब हामी आर्थिक विकासप्रति केन्द्रित भएका छौं,’ उहाँले भन्नुभयो ।”

सो अवसरमा राजदूत मेकले अर्थमन्त्रीलाई संविधानसभाको निर्वाचनपछि जर्मन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र यस सम्वन्धमा सोधखोज गरिरहेको जानकारी गराउनुभएको थियो ।

अर्थमन्त्रालयका अनुसार उहाँले लोकतन्त्र र उदार आर्थिक नीति भएमा लगानीकर्ताहरु नेपालमा आउनसक्ने प्रचुर सम्भावना रहेको बताउनुभएको थियो ।

ठूला विकास साझेदारका रुपमा रहेको जर्मनीले नेपालको ऊर्जा प्रवद्र्धन, कृषि, सहरी विकास, पर्यटन, मन्दिर तथा स्मारकको संरक्षण, शिक्षा, संस्कृति, फोहर व्यवस्थापन आदि क्षेत्रमा सहयोग गर्दै आएको छ ।

जर्मन सहयोगको दुईवर्षे सहयोग चक्र यसै वर्ष पूरा हुँदैछ । सो अवसरमा राजदूत मेकले आगामी वर्षदेखि नेपालले प्राप्त गर्दै आएको सहयोग बढाउने सोच बनाइएको जानकारी दिनुभएको थियो ।