२८ आश्विन २०८३, बुधबार

संक्रमितहरू बाख्रा र कुखुरापालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goat sम्याग्दी, ४ असार । म्याग्दी जिल्लाका एचआइभी सङ्क्रमितहरू आयआर्जन कार्यमा संलग्न हुन थालेका छन् ।

खुलेका सङ्क्रमितहरू सामाजिक असुरक्षा र आम्दानीको अवसरबाट वञ्चित हुँदा जीविकोपार्जनमा कठिनाइ भएपछि जिविसको सहयोगमा आयआर्जन कार्यमा संलग्न भएका हुन् । म्याग्दीका आठजना एचआइभी सङ्क्रमितले बाख्रा र कुखुरापालन सुरु गरेका छन् ।

आर्थिक विपन्नता, गरिबी र रोजगारीको अवसरबाट वञ्चित हुँदा दिनचर्या कष्टकर बन्न थालेपछि सामान्य आयस्रोत जुटाउन बाख्रा र कुखुरापालन गर्न थालेको सङ्क्रमितसमेत रहेका गुप्त सवा मार्ग सहयोग समितिका अध्यक्ष होमबहादुर पुर्जाले जानकारी दिए ।

छजनाले कुखुरा र दुईजनाले बाख्रापालन सुरु गरेको पुर्जाले बताए । ‘कुनै रोजगारीको अवसर तथा आयस्रोत नहुँदा बिहान, बेलुकी हातमुख जोर्नसमेत धौधौ छ’, पुर्जाले भने, ‘आयमूलक कार्यमा संलग्न भएपछि केही सहज हुने अपेक्षा गरेका छौँ ।’

उनका अनुसार बाख्रा र कुखुरा खरिद गर्न जिल्ला विकास समितिले प्रतिव्यक्ति पाँच हजारका दरले अनुदान सहयोग गरेको छ । सङ्क्रमितहरूलाई आयआर्जनमा संलग्न गराउने र उचित हेरचाहको व्यवस्थाका लागि यस वर्ष पहिलोपटक एक लाख विनियोजन गरिएको स्थानीय विकास अधिकारी शर्माले जानकारी दिए ।

एक लाखमध्ये ४० हजारको बाख्रा, कुखुरा खरिद, ४० हजारको सङ्क्रमित हेरचाहसम्बन्धी तालिम र २० हजार सङ्क्रमितहरूको सम्पर्क कार्यालय सञ्चालनका लागि उपलब्ध गराइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन घनश्याम सिग्देलका अनुसार म्याग्दीमा हाल ६७ जना एचआइभी सङ्क्रमित रहेका छन् । तीमध्ये १० जनाको हाराहारीमा मात्र समाजमा खुलेका छन् ।