२८ आश्विन २०८३, बुधबार

हाइटीमा भएको सडक दुर्घटनामा तेह्रको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

पोर्ट ओ प्रिन्स, १ असाhaiti-for-city-photoर । उत्तरी  शनिबार दुई वटा सवारीसाधन एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्ती १३ व्यक्तिको मृत्यु भएको समाचार छ ।

सांसदको कार अर्को एक भ्यानसँग ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको जनाइएको छ ।

यस दुर्घटनामा एक दुई महिने बालक र उनीहरूको आमाको समेत मृत्यु भएको प्रहरी अधिकारी सेम क्यालिस्टेले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई बताएका छन् ।

यात्रुबाहक भ्यानमा करिब ३० व्यक्ति रहेका बताइएको छ । यस घटनामा घाइते भएकालाई उपचारार्थ अस्पताल पु¥याइएको र दुर्घटना भयानाक भएको क्यालिस्टेले बताएका छन् ।

घाइते मध्ये धेरैको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्नसक्ने समेत प्रहरीको अनुमान रहेको जनाइएको छ । रासस÷एएफपी