२८ आश्विन २०८३, बुधबार

पूर्वी युक्रेनमा सैनिकको मालबाहक जहाजमा गोली हान्दा ५० सैनिक मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lo-ukren

किभ, ३१ जेठ । पूर्वी युक्रेनमा शनिबार सैनिकको मालबाहक विमान गोली हानी खसालिएको समाचार छ । सो विमानमा रहेका कम्तीमा पनि ५० जना सैनिक मारिएको बताइएको छ ।

शनिबार बिहानै सो विमानमा गोली हानी खसालिएको बताइएको छ । सो कुराको पुष्टि युक्रेनको रक्षा मन्त्रालयले गरेको छ । सो मन्त्रालयको वेभसाइटमा राखिएको विज्ञप्तिमा विद्रोहीले गोली हानेर सो जहाज खसालेको बताइएको छ ।

सो घटनामा परी भएको क्षतिको बारेमा भने सो विज्ञप्तिमा खुलाइएको छैन । सो जहाजमा के कति नागरिक रहेका थिए भन्ने बारेमा केही खुलाइएको थिएन ।

तर युक्रेनको सैनिकले सो सो समाचारको पुष्टि गरेको छ । सैनिकले दिएको जानकारीअनुसार सो जहाजमा रहेका ५० जना सैनिक पनि मारिएका छन् ।

सैनिक जहाजले सैनिक सामानका साथै अन्य उपकरणहरुको ढुवानी गरिरहेको थियो । त्यहाँ रहेका पृथकतावादीहरुले सो विमानमा गोली हानी खसालेको समाचारमा जनाइएको छ ।

युक्रेनको पूर्वी सहरमा विगत लामो समयदेखि पृथकतावादीहरुले आन्दोलन जारी राखेका छन् । उनीहरुले आफ्नो आत्मनिर्णयको अधिकारको प्रयोग गरी रसियमा विलय हुन पाउनुपर्ने माग गर्दै आएका छन् ।

तर युक्रेनले भने त्यसको विरोध गरिरहेको छ । सो क्षेत्रमा जारी विद्रोहका क्रममा कयौं नागरिकको ज्यान गएको छ । रासस / सिन्ह्वा