२८ आश्विन २०८३, बुधबार

सामसुङको नयाँ ग्यालेक्सी ट्याब एस बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Germany Consumer Electronics Fair

काठमाडौँ, जेठ ३० । सामसुङले नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब एस सार्वजनिक गरेको छ।

न्युयोर्कको म्याडिसन स्वायर गार्डेनमा आयोजित एक भव्य समारोहमा यसको सार्वजनिक गरिएको हो । विगत भन्दा नयाँ विषेशता समावेश गरेर सार्वजनिक गरेको ट्याब एसमा सामसुङले पहिलोपटक सुपर एमोलेट डिस्लेयुक्त ट्याब्लेट ल्याएको बताएको छ ।

अगष्ट सम्ममा भारतमा यी ट्याबको प्रवेश हुने अपेक्षा गरिएको छ। त्यस पछि यी ट्याब्लेट नेपाली बजारमा पनि आउनेछन्। भारतमा ट्याबको मुल्य २५ हजार भारु हुने प्रारम्भिक अनुमान छ। दुबै ट्याब्लेट अमेरिकी बजारमा भने आउँदो जुलाइबाट बिक्रीका लागि उपलब्ध हुनेछन्।

ट्याब एस दुई अलग अलग डिस्प्ले आकारमा उपलब्ध भएको कम्पनीको भनाई छ । कम्पनीका अनुसार एउटाको आकार ८।४ इन्छ र अर्को १०।५ इन्च रहेको छ । दुबैमा २५६० गुणा १६०० पिक्सेलयुक्त एमुलेड डिस्प्ले समेत रहेको छ। ट्याब्लेट धेरै पातलो तथा कम तौलको रहेको र दुबै आकारका ट्याब्लेट ६।६ मिलिमिटर स्लिमका छन् । सानो डिस्प्ले हुनेको तौल दुई सय ९४ ग्राम र ठुलोको चार सय ६५ ग्राम रहेको छ। एलटिइ भर्सनको ट्याब एसमा क्वालकम न्यापड्रागन ८०० को पावर रहेको छ। यसको वाइफाइ भर्सन एक्सिनोस ओक्टा कोर प्रोसेसरबाट मात्र सञ्चालित हुनेछ।

ट्याब्लेटको हार्डवेयर विषेशतामा तीन जीबी र्या, १६ र ३२ जिवीको स्टोरेज, माइक्रो एसडी स्लट, पछाडि पटि आठ एमपी र अगाडी दुई एमपीको फ्रन्ट क्यामेरा रहेको छ। ठुलो आकारको डिस्प्ले भएको ट्याबमा ७९०० एमएएचको ब्याट्रि तथा सानोमा ४९०० एमएएचको ब्याट्रि रहेको र यसले १० घण्टा भन्दा बढि ब्याकअप दिने कम्पनीको दाबी छ। ट्याब एसमा सुरक्षाका लागि सामसुङले पहिलो पटक फिङ्गरप्रिन्ट स्क्यानर सुविधा पनि राखेको छ। दुबै ट्याब्लेटका धेरैजसो विषेशता ग्यालेक्सी एस ५ स्मार्टफोनसँग मिल्ने जनाइएको छ।