
रियो डि जेनेरियो, २९ जेठ । विश्वकप फुटबल हेर्ने विश्वको चार वर्षको व्यग्र प्रतिक्षाको घडी बिहीबार पूरा हुँदैछ ।
ब्राजिलको समयअनुसार बिहीबार अपराह्न विश्वकप फुटबल खेल सुरु हुनेछ । भव्य उद्घाटन समारोहपछि बिहीबारै आयोजक राष्ट्र ब्राजिल र क्रोएसिया बीच खेल हुँदैछ ।
सो खेलको प्रतिक्षा विश्वका अरबौँ नागरिकले गरिरहेका छन् । साथै टेलिभिजनको पर्दामा उनीहरूले सो भव्य उद्घाटन समारोह हेर्ने र आजको पहिलो चरणको सो खेलको पनि प्रतिक्षा गर्नेछन् ।
यसैबीच आयोजक राष्ट्र ब्राजिलका विपक्षी दलका साथै मजदुरहरूले विभिन्न माग राखी जारी राखेको आन्दोलनको त्यहाँका राष्ट्रपति दिल्मा राउसेफले व्यापक आलोचना गर्नुभएको छ ।
उहाँले यदि सो आन्दोलन हिंसात्मक भयो भने त्यो कार्य क्षम्य नहुने भन्दै आन्दोलन तुरुन्त अन्त्य गरी राष्ट्रको इज्जत राख्न सबैसँग आग्रह गर्नुभएको छ ।
विश्वकप फुटबल भनेको विश्वकै प्रतिक्षाको घडी भएको भन्दै यसलाई अवरुद्ध गर्ने काम कसैबाट पनि हुन नहुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– शान्तिपूर्ण आन्दोलन प्रजातन्त्रको एक माध्यम हो तर पनि आन्दोलन हिंसात्मक भयो भने सरकारले सहन सक्दैन । रासस÷सिन्ह्वा













प्रतिक्रिया