२८ आश्विन २०८३, बुधबार

म सरकारी उद्योग बेच्ने पक्षमा छैन: मन्त्री थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karna-Thapa

काठमाडौं, २८ जेठ । उद्योगमन्त्री कर्णबहादुर थापाले नेपाल वैदेशिक लगानीको लागि विश्वकै अनुकुल ठाउँ रहेको बताएका छन् ।

बुधबार संवाद डबलीले आयोजना गरेको विशेष संवाद कार्यक्रममा मन्त्री थापाले नेपालको अनुकुल भुगोल, समाधान गर्न सकिने द्वन्द्व, कम लगानीमा धेरै नाफा कमाउन सकिने, विदेशीलाई सम्मान गर्ने नेपाली परम्परा र सबै पक्षको ध्यान नयाँ नेपाल निर्माण गर्नेमा रहेकाले नेपाल वैदेशिक लगानीको लागि उपयुक्तस्थल रहेको बताए ।

मन्त्री थापाले सबैको अनुभव उर्जा र लगानी भए नेपाल छिट्टै प्रगतिपथमा जाने बताउँदै सरकारले छिट्टै वैदेशिक नीतिलाई अन्तिम रुप दिने जानकारी दिए । उनका अनुसार विदेशी लागनीलाई स्वागत गर्ने वातावरण अनुकुल बनाउने र कानुनी बाधा हटाउने नीति सरकारले लिनेछ ।

‘अहिले सरकारले औषधी लिमिटेड, हेटौडा सिमेन्ट लगायत १० वटा उद्योगलाई चलाउने निर्णय गरिसकेको छ’, नेपाललाई औद्योगिकरण गर्ने अनुकुल अवस्था रहेको छ’ मन्त्रीले थापाले भने । विभिन्न वस्तु उत्पादन गर्न ३८ रुग्ण उद्योगले पुनः संचलनको लागि निवेदन दिएको जानकारी गराउँदै तत्काल कम्तिमा ३० औद्योग संचालनमा आउन सक्ने उनले बताए । नीजिकरणका नाममा देश डुबउने काम आफूले नगर्ने दाबी गर्दै उनले भने, ‘म सरकारी उद्योग बेच्ने पक्षमा छैन ।’

नेपालको औद्योगिक अवस्था र वैदेशिक लगानीको नीतिगत आधार विषयक विशेष संवाद कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले नेपालमा उद्योगधन्दा चल्न नसक्नुको कारण दर्ता गर्न सजिलो र बन्द गर्न गाह्रो हुने सरकरी नीति बाधक भएको खुलासा गरे । उनले वैदेशिक नीति भित्र्याउनु हुन्न भन्ने मान्यता गलत भएको बताउदै चीनले अधिकतम वैदेशिक सहयोग लिएर चीन अगाडी बढेको चर्चा गरे ।

इजरायली भूमिमा पानी र माटो नहुँदा पनि कृषिमा उत्पादन गरेर निर्यत गरेको बताउँदै नेपालको स्रोत साधन भएर २३ सय ३५ उद्योगले काम गर्न पाउँ भन्दापनि काम गर्न नपाएको बताए । उनले भने, ‘सियो, धागो, छाता र जुत्ता सरकारले चलाउने होइन भनेर नीजिकरण गर्नुले नेपालको औद्योगिक क्षेत्र टाटपल्टेको हो ।’

नेपालबाट प्रत्येक दिन कामका लागि विदेशीनेको क्रम बढेकोमा चिन्ता प्रकट गर्दै संवाद डबलीका अध्यक्ष दीपेन्द्र रोकायाले त्यसको दिर्घकालिन समाधान खोज्न नीति निर्माण तहको ध्यान पुग्नुपर्ने बताए ।