कञ्चनपुर, २८ जेठ । सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन तथा पर्यटन विकासका लागि भन्दै निजी क्षेत्रबाट शुक्लाफाँटा आरक्षमा पहिलो पटक कटेज खोलिएको छ ।
विशेष गरेर बाह्य पर्यटकका लागि स्थापना गरिएको सुविधा सम्पन्न कटेजमा आन्तरिक पर्यटकलाई समेत सुविधा हुनेछ ।
निजी क्षेत्रले २० वर्षका लागि आरक्षको जमिन भाडामा लिएर कटेज स्थापना गरेको आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिनुभयो ।
कटेज स्थापनासँगै शुक्लाफाँटा घुम्ने पर्यटकलाई बस्न खान सुविधा हुने घिमिरेको भनाइ छ । करिब ५० लाखको लागतमा कटेज स्थापना गरिएको हो ।
अध्यागमन कार्यालय कञ्चनपुरका अनुसार सन् २०१३ मा भारतीय नाका भएर गड्डाचौकीबाट एक हजार सात सय ७३ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन ।
वनबासा पुलका कारण शुक्लाफाँटा घुम्ने पर्यटक नआउने गरेको भन्दै कञ्चनपुर उद्योग वाणिज्य संघले पटकपटक प्रधानमन्त्री, मन्त्री, सभासद् र मन्त्रालयमा आग्रह गरेपनि हालसम्म पनि त्यसबारे कुनै सुनुवाइ भएको छैन ।














प्रतिक्रिया