आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

बारामा हवाई इन्धन चोरी गर्ने तीनजना पक्राउ

दैनिक नेपाल २०७१ जेठ २८ गते १२:३४

pakrau-final-policeवीरगन्ज,२८ जेठ । बाराको रामपुर टोकनीमा रोकिराखेको तेल ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरिरहेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी मध्य क्षेत्रीय कार्यालय पथलैया र नेपाल प्रहरीको टोलीले ना २ ख ४५४९ नम्बरको ट्याङ्करबाट मंगलबार राति हवाई इन्धन १५० लिटर, डिजल २० लिटर र

मट्टितेल १० लिटर दसीसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमारविक्रम थापाले बताए ।

पक्राउ पर्नेमा रामपुर टोकनी–९ का रफिक अन्सारी, ट्याङ्कर चालक हेटाँैडा–५ का शम्भु ठकुरी र सहचालक सजन ठकुरी रहेकोे उनले बताए ।

क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको विशेष सक्रियतामा सशस्त्र प्रहरी वाहिनी पथलैया, इलाका प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय जितपुरको सहयोगमा उनीहरुलाई पक्राउ गरिएका हुन् ।

राजमार्गमा पेट्रोलियम पदार्थको चोरीको गुनासो बढ्दै गएपछि यसलाई रोक्न प्रहरी सक्रिय भएको र आफूहरुले चोरीविरुद्ध विशेष अभियान नै सञ्चालन गरिरहेको मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैयाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनालले बताए । उनले राजमार्गमा हुने तेल चुहावट नियन्त्रणका लागि आफूहरुले अभियान नै सञ्चालन गरेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित