२८ आश्विन २०८३, बुधबार

निगमलाई जहाज उडाउने समय असार १५ सम्म थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-air-plane

काठमाडौँ, २७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमले केही समय पहिले चीनबाट ल्याएको एमए ६० जहाज आगामी असार १५ गतेसम्म उडाउन सुरु गर्न समयसीमा थप गरेको छ ।

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार आगामी असार १ गतेबाट सो जहाज उडाउन यसअघि दिइएको निर्देशनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्रक्रिया जारी रहेको जानकारी गराएका कारण उडानको समय १५ दिन थप गर्न सहमति जनाइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे, प्राधिकरणका महाप्रबन्धक रतिशचन्द्रलाल सुमन र निगमका महाप्रबन्धक मदन खरेलले संयुक्तरुपमा उडानका लागि केही कानुनी र प्राविधिक जटिलताले गर्दा तोकिएको समयमा उडान सञ्चालन गर्न नसकिने जनाएका कारण म्याद थप गरिएको अख्तियारले जनाएको छ ।

निगमलाई यसअघि अख्तियारले आगामी असार १ गतेदेखि चीनमा निर्मित सो जहाज उडाउन निर्देशन दिएको थियो । निगमका महाप्रबन्धकले लिखितरुपमा समेत प्रतिवद्धता गरेको हुँदा अन्तिमपटकका लागि सो समयावधि प्रदान गरिएको र सो समयमा उडान प्रारम्भ नगरेमा सम्बन्धित पदाधिकारीलाई कारबाही गरिनेसमेत अख्तियारले जनाएको छ ।