लहान, २७ जेठ । आँपको राजधानी मानिने सिरहामा गत वर्षभन्दा यो वर्ष आँपको मूल्य दोब्बरले वृद्धि भएको छ ।
मधुवा रोग र हावाहुरीले आँपको उत्पादन ७० प्रतिशतको हाराहारीमा कमी हुने भएपछि गत वर्षभन्दा यो वर्ष आँपको मूल्य दोब्बरले बढेको जिल्ला कृषि कार्यालय सिरहाका प्रमुख प्रदीप ठाकुरले जानकारी दिए ।
कार्यालयले यो वर्ष प्रतिहेक्टर १७ मेट्रिक टन आँप फल्ने अनुमान गरेको थियो । ठाकुरका अनुसार गत वर्ष सिरहामा प्रतिहेक्टर साढे सात मेट्रिक टन आँप उत्पादन भएको थियो ।
पछिल्लो वर्ष ३० प्रतिकिलो बिक्री भएको बम्बई, मालदह, किसनभोग जातका आँप अहिले स्थानीय बजारमा ६० देखि ७० मा बिक्री भइरहेको छ ।
जेठको दोस्रो सातादेखि बम्बई जातको आँपमात्र पाक्न सुरु भए पनि व्यापारीले बढी मुनाफा कमाउन पाक्ने समय नहुँदै मालदह, किसनभोग, आम्रपाली, दसहरी जातका आँपमा स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने कारवाइड हालेर पकाउने र बजारमा बिक्री गर्ने गरेको लहानका राकेश यादव बताउँछन् ।














प्रतिक्रिया