काठमाडौं, जेठ २७ । लगातार ओरालो लागिरहेको सुनको मूल्य मंगलवार प्रतितोलामा दुई सय रुपैयाँले बढेर ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी सँघले जनाएको छ ।
सोमवार दुई सय रुपैयाँले नै मूल्य सस्तिएर सुनको भाउ ५१ हजार एक सय रुपैयाँ भएको थियो । केही दिनयता सुनको मूल्यमा एकरदुई सय रुपैयाँले परिवर्तन भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रममा रहेको छ । विश्व बजारमा सुनको मूल्य बढ्न थालेपछि भारतमा सोमवार पनि मूल्य बढेको सञ्चार माध्यमहरुले जनाएका छन । तीनिहरुका अनुसार भातुका गहना बनाउने व्यापारीहरुले आफ्नो स्टक बढाउन थालेपछि भारतमा सुनको मूल्य बढेको हो ।
भारतमा मंगलवार बिहान करिब १२ बजे भने प्रति औंस सुन ७१ भारुले मूल्य बढेर २६ हजार ५३ भारुमा कारोबार भएको छ । सोमवार कारोबार बन्द हुँदा भने प्रतिऔंस सुन २५ हजार नौं सय ८२ मा कारोबार भएको थियो । यो दिन नेपाली बजारमा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।














प्रतिक्रिया