कराची, २७ जेठ । पाकिस्तानको कराची विमानस्थलमा भएको भिडन्तमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुुगेको छ । विमानस्थलमा गत आइतबार रातिदेखि सोमबार बिहानसम्म सशस्त्र हतियारधारी र सैनिकबीच भिडन्त भएको थियो ।
हतियारधारीहरुको आक्रमणमा परी विमानस्थलका कर्मचारीसहित २४ जनाको ज्यान गएको हो । थप शव मङ्गलबार बिहान भेटिएको जानकारी दिइएको छ । मृत्यु हुनेको सङ्ख्या बढेर ३८ पुगेको जनाइएको छ ।
विमानस्थलमा मारिएका सातजनाको शव मङ्गलबार मात्र भेटिएको समाचारमा जनाइएको छ । पाकिस्तानको सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री साघीर अहमदले मारिएका सातजनाको शव विमानस्थलभित्रै फेला परेको जानकारी दिए ।
हतियारधारीहरुले नजिकैको एक कार्यालय भवनलाई कब्जामा लिई त्यहीँबाट हतियार बर्साएका थिए । राति नै विमानहरुलाई सुरक्षित स्थलतर्फ सारिएको थियोभने कर्मचारी र यात्रुलाई सेनाले सुरक्षा प्रदान गरेको थियो ।
पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा रहेको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सो अकस्माताको हमलापछि हिजोदेखि नै पाकिस्तानका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कडाई गरिएको छ ।
मारिनेमा १० जना हतियारधारी रहेका छन् । मुख्य आक्रमणकारी पनि उनीहरु नै भएको पाकिस्तानको अर्धसैनिक बलले जनाएको छ ।














प्रतिक्रिया