२९ आश्विन २०८३, बिहिबार

छोरोको कुटाइबाट बाबुको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

solukhumbu_district

सोलुखुम्बु, २६ जेठ । सोलुखुम्बु बेनी–२ का धनी विकको आफ्नै छोराको कुटाइबाट ज्यान गएको छ ।

आइतबार राति १८ वर्षीय छोरो गोविन्द विकले दाउराको चिर्पटले कुटपिट गरेपछि विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिनुभयो ।

हत्या गर्ने गोविन्द मृतकका जेठो छोरो हो । हत्यामा संलग्न गोविन्दलाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।