२९ आश्विन २०८३, बिहिबार

नेविसंघले अब कांग्रेसबिरुद्ध आन्दोलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ne Bi Sanghकाठमाडौं, २६ जेठ । विद्यार्थी नेताहरुले नेपाल विद्यार्थी संघको महाधिवेशन यथाशीघ्र गर्न कांग्रेससँग माग गरेका छन् ।

नेविसंघका नेताहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर महाधिवेशन छिटो गर्न माग गरेका हुन् । जेठ २९, ३० र ३१ गतेका लागि तोकिएकोे महाधिवेशन कांग्रेसले चौथो पटक स्थगित गरेपछि विद्यार्थी नेताहरुले आक्रोश जनाएका हुन् ।

पूर्व उपाध्यक्ष नैनसिंह महरले आठ वर्षदेखि पटक–पटक तोकिएको महाधिवेशन पार्टीको मुल नेतृत्वले चाहेको व्यक्ति नेतृत्वमा आउन नसक्ने भएका कारण महाधिवेशन रोकिँदै आएको बताए । उनले आगामी एक हप्ताभित्रै महाधिवेशनको तिथि–मिति तय गरी महाधिवेशनको सुनिश्चितता नगरिए असारको पहिलो हप्ताबाट देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

‘पार्टी सभापति नै प्रधानमन्त्री पनि भएकाले महाधिवेशनको नयाँ तिथि–मिति घोषणा गर्न दबाब दिन बालुवाटार र पार्टी केन्द्रीय कार्यालय अनिश्चितकालका लागि घेराबन्दीलगायतका कार्यक्रम गर्छौँ,’ उनले भने ।

नेवि संघका अध्यक्ष रन्जित कर्णले महाधिवेशन आन्तरिक तयारीको अभावका कारण स्थगित भएको बताए । उनले एक हप्ताभित्रै महाधिवेशनको नयाँ मिति घोषणा हुने बताए ।