२८ आश्विन २०८३, बुधबार

माधव नेपाल कहिल्यै उठ्न नसक्ने गरी हार्नुपर्छ: वामदेव गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-vela
काठमाडौं, २६ जेठ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल कहिल्यै नउठ्ने गरी लज्जास्पद हार्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, ‘माधव नेपाल यसपटक उम्मेदवार बन्दै हुनुहुन्छ, उहाँ कहिल्यै उठ्न नसक्ने गरी हार्नुपर्छ । उहाँलाई हराऔं ।’

वरिष्ठ नेता नेपालले आठौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनाललाई हराउन खोजेको बताउनुभयो ।

कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेल र सचिव शंकर पोखरेलले वरिष्ठ नेता नेपाल अभिभावकको भूमिका रहनुपर्ने बताउनुभयो ।

अर्का सचिव विष्णु पौडेलले भने देशभरको माहोल बुझेपछि नेपाल अध्यक्षमा उठ्ने जिकिर गर्नुभयो ।

यसअघि जेठ १७ गते काठमाडौंको प्रज्ञाभवनका माधव नेपालको उम्मेदवारी घोषणा सभामा नेपालको पक्षमा भाषण गरेका पार्टीका सल्लाहकार समितिका अध्यक्ष सिद्धिलाल सिंह पनि ओलीको सभामा पुगेर सम्बोधन गर्नुभयो ।