२९ आश्विन २०८३, बिहिबार

माधव भन्छन्, ‘गिरिजाप्रसाद र प्रचण्डलाई मैले मिलाएको हुँ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepalकाठमाडौं, २६ जेठ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शान्ति प्रकृयामा आफूले निर्वाह गरेको भूमिकालाई प्रचण्डले चिन्न नसकेको दुखेसो पोखेका छन् ।

बुद्धनगरमा आज आयोजित कार्यक्रममा नेता नेपालले विद्रोही शक्तिलाई शान्ति प्रकृयामा ल्याउन आफूले जोखिम मोलेको बताए ।

प्रचण्डलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँन भारत र रोल्पासम्म पुगेको स्मरण गर्दै नेपालले भने, ‘काठमाडौंका गिरिजाप्रसाद र भारतमा बसेका प्रचण्डले मात्रै शान्ति प्रकृया असंभव थियो ।’

प्रचण्डले इतिहास चिन्न नसक्ने आरोप उनले लगाए । भने, ‘प्रचण्ड सँधै शान्ति प्रकृयामा गिरिजाप्रसाद मात्रै देख्छन्, सामुन्ने बस्ने माधव नेपाल किन देख्दैनन् ?’