कराची, २६ जेठ । पाकिस्तानको कराची विमानस्थल १२ घन्टापछि मात्र त्यहाँको सेनाले सुरक्षा नियन्त्रणमा लिइएको जनाएको छ ।
आइतबार रातिदेखि सुरु भएको हतियारधारीहरुको आक्रमणमा परी सो विमानस्थलका कर्मचारीसहित कम्तीमा पनि २४ जनाको ज्यान गएको जनाइएको छ ।
विमानस्थलमा हतियारधारीहरूले मध्यरातिदेखि हमला थालेका थिए । उनीहरूले विमानस्थलमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरी कतिपय कक्षहरु नै नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
तर उनीहरुले मानिसलाई बन्धक बनाउन र विमान सेवामा नै प्रवेश पाउन भने सफल हुन सकेका थिएनन् । तत्कालै पाकिस्तानी सेनाले पनि आकस्मिक अप्रेसन थालेको थियो ।
पाकिस्तानको अर्ध सैन्य बलका एकजना अधिकारीले भने, ‘विमानस्थल हामीले नियन्त्रणमा लिएका छौं र आतङ्ककारीहरुको कब्जाबाट अब पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।’
आइबार मध्यरातिदेखि विमानस्थलमा हमला सुरु भएको थियो । हमलामा परी केही व्यक्ति घाइते पनि भएका छन् । घाइते तथा शवलाई नजिकैको जिन्हा अस्पतालमा राखिएको बताइएको छ ।
हमलाको जिम्मेवारी तालिवानले लियो
यसैबीच २४ जनाको ज्यान जानेगरी सो विमानस्थलमा भएको हमलाको जिम्मेवारी पाकिस्तानी तालिवानले लिएको छ ।
सोमबार बिहान सो समूहले आक्रमणको जिम्मेवारी लिएको हो । एकजना कमाण्डर हकिमुल्लाह मेसुदको हत्याको बदला लिन विमानस्थलमा हमला गरेको जानकारी दिए । एएफपी













प्रतिक्रिया