धनगढी, २६ जेठ । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।
नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस अन्ययनरत यी युवकहरू घुम्ने क्रममा चिसापानी आइपुगेका थिए ।
कर्णाली नदीमा नुहाउने क्रममा शुक्रबार डुबेर बेपत्ता भएका पोखराका २० वर्षीय सुभाषचन्द्र विक र उमेश पौडेलको शव छतिवन सामुदायिक वनबीचको भङ्गालोमा फेला परेका चिसापानी प्रहरी चौकीले जनाएको छ । नेपाली सेना र नेपाल प्रहरीको छुट्टाछुट्टै टोलीले मोटरबोटको सहायताले उनीहरूको शव फेला पारको हो ।














प्रतिक्रिया