बेलौरी (कञ्चनपुर), २६ जेठ । पश्चिम तराईका जिल्लाहरु कैलाली कञ्चनपुरमा अत्यधिक गर्मी बढ्दै गएपछि जिल्ला शिक्षा कार्यालयले पाँच दिनका लागि विद्यालय बन्द गरेको छ ।
सोमबारैदेखि लागू हुने गरी पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सहायक जिल्ला शिक्षा अधिकारी पदम राज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयहरुमा छानो तातेपछि विद्यार्थी गर्मीका कारण बेहोस हुन थालेकाले विद्यालय बन्द गरिएका छन् । विद्यालयहरुको मागअनुसार जिल्लाभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । शिक्षा कार्यालयले बर्सातको बिदामा घटाउने गरी पाँच दिन बिदा दिन लागेको जनाएको छ ।














प्रतिक्रिया