२९ आश्विन २०८३, बिहिबार

एमआरपी पासपोर्ट लिन सजिलो बनाउँछौं: परराष्ट्रमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passport_nepal

काठमाडौं, २५ जेठ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले परराष्ट्रसम्बन्धी नीति निर्माण तथा कार्य सम्पादन गर्दा सभासद्ले दिनुभएको सुझावको सरकारले कदर गर्ने बताउनु भएको छ ।

यवस्थापिका–संसद् अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा उहाँले नेपालको राष्ट्रहित हुने गरी कूटनीतिक क्रियाकलाप हुनुपर्नेमा जोड दिँदै आर्थिक कूटनीतिलाई अघि बढाउन सोसम्बन्धी विषयलाई संविधानमा समेत समेट्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री पाण्डेले राहदानी वितरणलाई सहज र सरल बनाउने कामका लागि निवेदन लिन तीन काउन्टर बढाएर नौ पु¥याइएको, महिला, वृद्ध, केटाकेटी र अपाङ्गका लागि विशेष व्यवस्था गरिएको तथा राहदानी लिन दैनिक छ हजार निवेदन आउने गरेको भए पनि आठ हजार राहदानी तयार गर्न सकिने क्षमता रहेको बताउनुभयो ।

उहाँले हस्तलिखित ३५ लाख राहदानीमध्ये आठ लाखले यन्त्रले पढ्नसक्ने राहदानी लिइसकेको जानकारी दिँदै खर्च, प्रविधि र सुरक्षाको हिसाबले नसकिने भए पनि आवश्यक जनशक्ति बढाएर आगामी दिनमा विभिन्न ठाउँमा राहदानी वितरणस्थल विस्तार गरिने सोच छ भन्नुभयो ।