२८ आश्विन २०८३, बुधबार

कस्तो बन्दैछ मौद्रिक नीति ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRB-Nepal-Rastra-Bank

काठमाडौँ, २५ जेठ । व्यवस्थापिका–संसद् अर्थ समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीति तर्जुमा गर्दा देशमा तरलता र विदेशी विनिमय व्यवस्थापन गर्दै कृषिलगायत उत्पादनशील क्षेत्र, विपन्न वर्ग र ग्रामीण क्षेत्रमा बंैकिङ सेवा बढाउने कुरालाई विशेष ध्यान दिन निर्देशन दिएको छ ।

मौद्रिक नीतिको सैद्धान्तिक र व्यावहारिक पक्षको बारेमा जानकारी लिने उद्देश्यले आज बसेको समितिको बैठकले देशको समग्र आर्थिक वृद्धि हासिल गर्न समितिमा उठाइएका कुरालाई कार्यान्वयन गर्न निर्देशन दिएको हो । बैठकमा सभासद्ले गरिब, विपन्न र पिछडिएका वर्ग, कृषिसहित उत्पादनशील क्षेत्रमा बैंकिङ सेवा तथा लगानी बढाउन सुझाव दिनुभएको थियो ।

सभासद् भरतमोहन अधिकारीको सभापतित्वमा बसेको सो बैठकमा अर्थ सचिव युवराज भुसाल र सहसचिव कृष्णप्रसाद देवकोटा, नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडा, डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले र कार्यकारी निर्देशक डा मीनबहादुर श्रेष्ठको पनि सहभागिता थियो । उहाँहरुले मौद्रिक नीतिको विविध पक्षको बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।