२९ आश्विन २०८३, बिहिबार

संघीय समाजवादी गएका ‘लुम्बिनी टाइगर’ एमालेमै फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

कावासोती, २५ जेठ । संघीय समाजवादी पार्टीका पोलिटब्युरो सदस्य मझीलाल थारु थनेत आफ्नो माउपार्टी नेकपा(एमाले)मै फर्कनुभएको छ ।

कावासोतीस्थित आफ्नै घरमा आइतबार पत्रकार सम्मेलन गरी उहाँले समाजवादी पार्टीले जातीय मुक्ति गर्दै समाजवादमा पुग्ने लक्ष्य निर्धारण गरे पनि त्यसबाट विचलित भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “एमालेको नवौँ महाधिवेशनको दस्तावेजमा स्पष्ट रुपमा सामाजिक आर्थिक रुपान्तरणको ढाँचा प्रस्तुत गरिएकाले त्यसबाट प्रभावित भएर मैले एमालेमा फर्कने निर्णय गरेको हुँ, सङ्घीय समाजवादीले कहिले माक्र्सवादी मोडेल त कहिले अफ्रिकी मोडेल भन्ने द्वैध चरित्र प्रस्तुत ग¥यो, त्यसैले बस्न सकिन ।”

थनेत विसं २०४८ मा एमालेबाट नवलपरासी क्षेत्र नं २ मा विजयी भएपछि तत्कालीन महासचिव मदन भण्डारीले उहाँलाई लुम्बिनी टाइगरको उपमा दिनुभएको थियो । विसं २०५१ मा पनि उहाँ क्षेत्र नं २ बाटै निर्वाचित हुनुभएको थियो ।

विसं २०६३ पछि पाँच वर्ष लुम्बिनी विकास कोषको कोषाध्यक्ष रहनुभएका थनेत एक वर्ष अगाडि समाजवादी पार्टीमा प्रवेश गर्नुभएको थियो ।