लागोस, २५ जेठ । दुबै मुलुकमा आगामी १२ महिनाभित्र पर्यटन उद्योगको विकासको रुपरेखा तयार गर्नका लागिको नाइजेरिया र केन्या सरकारबीच सहमति भई सहकार्य गर्ने भएका छन् ।
राजधानी आबुजामा आयोजित पत्रकार सम्मेलनमा नाइजेरियाली संस्कृति तथा पर्यटन मन्त्री इडेम डुकेले समाचारदाताहरूलाई सो जानकारी दिनु भएको छ ।
नाइजेरियाको राजधानी आबुजाबाट केन्याको राजधानी नैरोबीसम्म केन्या एयरवेजले सञ्चालन गर्न लागेको नियमित हवाईसेवा शुभारम्भ समारोहमा मन्त्री डुकेले सम्बोधन गर्दै सो बताएका हुन् ।
पर्यटन उद्योगको दिगो विकासले दुबै मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै मन्त्री डुकेले नाइजेरियाको आर्थिक रुपान्तरणका लागि केन्यासँग ब्यापार तथा वाणिज्यका अन्य क्षेत्रमा पनि राष्ट्रिय साझेदारी वृद्धि गरिने बताए ।
अफ्रिकाली पर्यटन उद्योगमा केन्या अग्रणी तथा इन्धन र ग्यास उत्पादन उद्योगमा नाईजेरिया अग्रस्थानमा रहेका छन् । केन्याले हालसालै मात्र आफ्नो मुलुकमा इन्धन र ग्यास खनिज स्रोत रहेको पत्ता लगाएको छ ।
नाईजेरियामा पर्यटन उद्योग र केन्यामा इन्धन, ग्यास उत्पादन उद्योग विकास प्रवद्र्धन गर्दै आपसी हितका लागि अब दुई मुलुकबीच दीर्घ सहकार्य गरिने पनि मन्त्री डुकेले बताए ।
यस सम्बन्धमा दीर्घ योजनाहरु तयार पार्न र लागू गर्न, गराउन दुबै देशका अधिकारीहरु सम्मिलित एउटा द्विपक्ष्ीाय कार्यान्वयन समिति खडा भइसकेको समेत सो पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सिन्ह्वा













प्रतिक्रिया