वासिङ्टन, २४ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाले युक्रेनमा महिनौँसम्मको सङ्कट समाधान गर्न चाहे त्यहाँका नवनिर्वाचित नेतालाई वैधानिक नेताका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।
फ्रान्सको नोर्मान्डीमा डी–डेको वार्षिकोत्सवको रूपमा आयोजित कुटनीतिक भेलामा व्यस्तताअघि अमेरिकी एक टेलिभिजनलाई राष्ट्रपति ओबामाले उक्त कुरा बताएका हुन् । यसै भेलामा रसियाली राष्ट्रपति पुटिनले युक्रेनका नवनिर्वाचित राष्ट्रपति पेत्रो पोरोसेन्कोसँग केही समय वार्ता गरेका थिए ।
अमेरिकी राष्ट्रपति ओबामाले पनि रसियाली समकक्षी पुटिनलाई अनौपचारिक रूपमा भेट गरे । उनले अफगानिस्तान युद्ध तथा इरानसँग अन्तिरिम पारमाणविक सम्झौताका विषयमा रसियाको सहयोगको महत्व हुने बताए ।
अमेरिकी राष्ट्रपति ओबामाले एनबीसी नाइटली न्युज नामक कार्यक्रममा युक्रेनको अवस्थाको विषयमा समास्या समाधान हुनुपर्नेमा जोड दिए ।














प्रतिक्रिया