२८ आश्विन २०८३, बुधबार

बेलायतमा वर्षेनी एक लाख अवैध विद्यार्थी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uk

काठमाडौं, २४ जेठ । विश्वमै सम्मानित छ बेलायती विश्वविद्यालयबाट प्राप्त हुने डिग्री। तर, अधिकांश निजी कलेजको व्यापारिक स्वार्थ र विद्यार्थी पनि अध्ययनभन्दा कमाउन दत्तचित्त भएपछि अहिले आफ्नो शैक्षिक साख जोगाउन बेलायतलाई हम्मेहम्मे परेको छ।

यहि परिस्थितिमाझ विश्वविद्यालय वा कलेज पढ्न बेलायत आएका युरोपेली मुलुकबाहेकका विद्यार्थीमध्ये बर्सेनि एक लाख भन्दा बढी गैर कानुनी रुपमा यतै बस्ने गरेको आधिकारिक अध्यागमन तथ्याङ्कपछि अर्को तरङ्ग छाएको छ।

कोर्स सकेर फर्कनुको सट्टा यतै लुकेर बस्नेमा विशेष गरी इन्डियन सबकन्टिनेन्टबाट आएका विद्यार्थी बढी रहेको बेलायती अखवार डेली मेलले जनाएको आजको कान्तिपुरमा खबर छापिएको छ।