२८ आश्विन २०८३, बुधबार

जुम्ल्याहा छोरीले सर्पको व्यवहार देखाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganga-jamuna-sarpa

तेह्रथुम, २४ जेठ । तेह्रथुम आम्बुङ्ग २ भोटेछापका जुम्ल्याहा दुई किशोरीले सर्पको जस्तै व्यवहार देखाउन थालेपछि परिवार तथा स्थानीयबासी चकित परेका छन्।

सुङ्नामका सेसेहाङ्ग खवाहाङ्गका १२ वर्षिया जुम्ल्याहा छोरीहरू गंगा र जमुनाले सर्पको जस्तै व्यवहार देखाउन थालेपछी स्थानीय आश्चार्यमा परेका हुन। सुङ्नाम घर भए पनि हाल आमासहित मामाघर आम्बुङ्गमा बस्दै आएका किशोरीमा सर्पको व्यवहार देखिएपछि उनीहरूलाई हेर्न आउनेहरूको भीड बढेको अन्नपूर्ण पोष्टमा खबर छ ।

छोरीहरूले सर्पले टाउको फुलाए झैं दुवै हात माथि उठाएर नाच्ने र भुँईमा डस्नेलगायतको व्यवहार देखाउने गरेको आमा मैतमायाँ लिम्बुले बताइन्। ‘छोरीहरूले १० दिन अघिदेखि यस्तो व्यवहार देखाउन थाले,’ उनले भनिन, ‘ हामी सवै आश्चार्यमा परेका छौ।’ दुवै छोरीले सर्पको व्यवहार देखाउँदै स्थानीय सिंहदेवी जलकन्या मन्दिरको मूलमा नाग मारेको र मन्दिरमा फोहोर गरेको बक्ने गरेको उनले बताइन्। किशोरीहरूले मन्दिर परिसर सरसफाई गर्नुका साथै नयाँ मन्दिर निर्माण नभएसम्म आफुहरूलाई ठिक नहुने बताउने गरेको छिमेकी हरी भण्डारीले बताए।

किशोरीहरूले मन्दिर सफाई गर्न भनेपछि स्थानीयबासीले शुक्रबार मन्दिर परिसर सरसफाई गर्नुका साथै फूलका विरुमा समेत रोपेका छन्। करिव दुई सय जना भेला भई मन्दिर परिषर सरसफाई गरिएको भण्डारीले जानकारी दिए ।

सर्पको जस्तै ›यवहार देखाउन थालेपछी छोरीहरूले खाना समेत खान छाडेको आमा मैतमायाँले बताईन्। उनीहरुले फलफूल मात्र खाने गरेका छन्। छोरी गंगा र जमुनालाई हेर्न दैनिक डेढ देखी दुई सय जनासम्मको भिड लाग्न थालेको उनले बताईन्। नातिनीहरुमा दैनिक २ देखी ३ पटक सम्म सर्पको जस्तै व्यवहार देखाउने गरेको ६१ वर्षिया हजुरआमा बुद्धिमायाँ लिम्बुले बताइन्। उनका अनुसार नातिहरुले एक पटकमा आधा घण्टादेखी २/३ घण्टासम्म यस्तो व्यवहार देखाउने गरेका छन्। सर्पको जस्तै व्यवहार देखिनथालेपछि नातिनीहरु मन्दिरतिर जाने गरेको बद्धीमायाले बताइन्। आम्बुङ्ग भोटे छापस्थित सिंहदेवी जलकन्या मन्दिरको २००८ सालमा स्थापना गरिएको थियो।