काठमाडौं, २३ जेठ । उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतनमले पार्टीको नवौँ महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्ष निर्वाचित गर्ने निश्चित भएकाले निर्वाचन समितिले प्रमाणपत्र दिन मात्र बाँकी रहेको बताउनुभएको छ ।
मदन भण्डारी फाउण्डेसनले शुक्रबार जोरपाटीको नारायणटारमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद नवौँ महाधिवेशन र नेतृत्वको सवाल विषयहरु’ विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता गौतमले सो कुरा बताउनुभएको हो ।
आठौ महाधिवेशनमा केपी ओली अध्यक्ष हुनुपर्छ भनेर लाग्नु हुने माधव नेपाल महाधिवेशनको अन्तिम अवस्थामा पराजित हुने निश्चित भएपछि सर्वसम्मत गर्न सहमत हुनुहुनेछ महाधिवेशन सर्वसम्मत ओली अध्यक्ष हुने घोषणा गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो ।
केन्द्रीय सदस्य एवम् सभासद् रामेश्वर फुँयालले पनि केपी ओलीकै नेतृत्वमा नवौँ महाधिवेशनबाट सर्वसम्मतरुपमा नयाँ नृतृत्व गठन हुने बताउनुभयो ।
फाउन्डेसनका अध्यक्ष कृष्ण राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामशरण ढुंगानालगायतका वक्ताले स्पष्ट नीति हुने व्यक्ति नै पार्टी अध्यक्ष हुनुपर्नेमा जोड दिनुभयो ।














प्रतिक्रिया