२८ आश्विन २०८३, बुधबार

बैंकको ऋण सहज भएपछि नेपालमा धमाधम भित्रन थाले नयाँ गाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New_Hyundai_i20-Nepal
वीरगन्ज, २२ जेठ । महँगा तथा सुविधायुक्त चारपाङ्ग्रे सवारी साधनको आयातमा अहिले उल्लेख्य वृद्धि भएको छ ।

सुध्रि“दो अर्थतन्त्र, बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिदमा गर्दै आएको कर्जा प्रवाहको दर बढाउनु र सवारी ऋणमा ब्याजदर घटाउनुका कारण चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्ममा भारत वा तेस्रो मुलुकबाट आयात हुने त्यस्ता चारपाङ्ग्रे सवारी साधनको आयातमा वृद्धि भएको हो ।

वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको वैशाखसम्म भारत तथा तेस्रो मुलुकबाट आयात हुने जिप, कार, भ्यान, बस ट्रकका चेसिस, डबल क्याप पिकअप गाडीलगायत प्रमुख सबै सवारी साधनको अयातमा वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत टङ्क पौडेलले बताउनुभयो । “बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिदमा ऋण प्रवाह दर बढाउन र सवारी ऋणमा ब्याजदर घटाउन थालेपछि सवारी साधनको आयातमा वृद्धि हुन पुगेको हो– उहाँले भन्नुभयो ।

साना र निजी चारपाङ्ग्रे सवारी साधनमध्ये झन्डै ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान गरिने कर्जामा खरिद हुने गरेका छन् भने प्रायः सबै ठूला बस, ट्रक र टिपरजस्ता चार एवम् छ पाङ्ग्रे गाडी बैंक तथा वित्तीय कर्जामा मात्र खरिद हुने गरेको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट आयात हुने प्रमुख २० वस्तुमध्ये जिप, कार, भ्यान पहिलो, बस ट्रकका चेसिस पा“चौँ र डबल क्याप गाडी १३औँ स्थानमा परेका छन् ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा यो नाकाबाट रु ५३ करोड ६६ लाख मूल्यबराबरका ७२८ वटा जिप, कार र भ्यानजस्ता हलुका सवारी साधन आयात भएकामा गत वर्षको सोही अवधिमा रु ३० करोड ४५ लाख मूल्यबराबरका ५३९ वटा सवारी साधनमात्र आयात भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको वैशाखसम्ममा रु ३१ करोड ४० लाख मूल्यबराबरका २४७ बस ट्रकका चेसिस आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा रु २२ करोड ३३ लाख मूल्यबराबरका १८२ वटामात्र बस ट्रकका चेसिस आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

यो नाकाबाट चालु आर्थिक वर्षको वैशाखसम्ममा रु नौ करोड ४० लाख मूल्यबराबरका ८८ वटा डबल क्याप पिकअप गाडी आयात भएको छ । मुलुकमा आयात हुने सवारी साधनमध्ये ९० प्रतिशत यसै नाकाबाट भित्रिन्छ । रासस