काठमाडौँ, २२ जेठ । राजनीतिक सक्रियताका लागि नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्वास्थ्यले कुनै अवरोध नहुने उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
वैचारिक बहसको आवरणमा उहाँको स्वास्थ्यमाथि एउटा पक्षले प्रश्न उठाइरहेको बेला चिकित्सकले भने उहाँलाई पार्टी गतिविधीमा सक्रियतापूर्वक लाग्नलाई कुनै समस्या नभएको बताए । उहाँको उपचारमा संलग्न रहँदै आएका विर अस्पतालका बरिष्ठ फिजिसियन डा. दिलिप शर्माले उहाँले सक्रियतापूर्वक राजनीतिक गतिविधि गर्न कुनै अवरोध नहुने बताउनुभयो ।
‘उहाँको स्वास्थ्यमा पुर्ण रुपमा सुधार आइसकेको छ, त्यसैले राजनीतिक गतिविधीमा संलग्न हुन अब कुनै समस्या हुँदैंन,’ डा. शर्माले भन्नुभयो । एक महिना लामो उपचारले उहाँमा शारीरिक कमजोरी देखिएपनि अव त्यो विस्तारै समाधान हुने उनको भनाई थियो ।
निजि चिकित्सकको रूपमा थाइल्याण्डस्थित बुमरूम गार्ड अस्पतालमा समेत पुगेर फर्किनुभएका डा। शर्माले औषधी सेवनलाई नियमित गर्दै केही दिन शरीरलाई आराम गरेर राजनीतिक सक्रियता बढाउन सक्ने जनाउनुभयो । चिकित्सककै सुझाव अनुसार बैंककबाट फर्किएपछि ओली वालकोटस्थित घरमै भेटघाटमा व्यस्त हुनुहुन्छ ।














प्रतिक्रिया