२८ आश्विन २०८३, बुधबार

फेसबुकमा आफ्नै श्रीमतीको नांगो तस्वीर राखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girl-nightlife-kathmandu-mahila

काठमाडौं, २२ जेठ । फेसबुकबाट आफ्नै श्रीमतीको नग्न तस्वीर पोष्ट गर्ने एक व्यक्ति प्रहरी हिरासतमा पुगेका छन् ।

आफ्नै श्रीमतीको नाममा नक्कली फेसबुक खोलेर नग्न तस्बिर राखेको अभियोगमा काठमाडौंका राजु महर्जनलाई प्रहरीले हिरासतमा राखेको हो ।

उनले श्रीमतीको नाममा फेसबुक एकान्ट खोलेर अर्कै युवतीको नग्न तस्बिरमा श्रीमतीको टाउको जोडेर पोस्ट गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

राजुको श्रीमतीसँगको सम्बन्ध राम्रो छैन । सम्बन्ध बिग्रेपछि काठमाडौं जिल्ला अदालतमा उनीहरुको ७ महिनादेखि सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ। तर, केही महिनाअघि आफ्नो टाउको जोडिएको नग्न तस्बिर फेसबुकमा देखेपछि उनले एक साताअगाडि अपराध अनुसन्धान महाशाखा हनुमानढोकाको साइबर सेलमा उजुरी दिएकी थिइन् । उनले श्रीमानमाथि शंका रहेको बताएपछि प्रहरीले राजुलाई पक्राउ गरी सोधपुछ गर्दा उनले स्विकारेका थिए। अदालतबाट म्याद थप गरी राजुलाई प्रहरीले हिरासतमा राखेको छ ।